३१ असार २०८३, बुधबार

व्यवसायी शेखर गोल्छा पक्राउ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसायी एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नक्लासलबाट पक्राउ गरेको हो । धितोपत्र बोर्डले गरेको अनुसन्धानमा उनको पनि गैरकानुनी सेयर कारोबारमा संलग्नता पाइएको थियो ।

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको बिषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छा सहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।