२१ कार्तिक २०८३, शनिबार

‘१७ सालका भुत’ भनेपछि बाबुरामलाई कमल थापाको कडा जवाफ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattrai-kamal-thapa

काठमाडौं, २५ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आइतबार राति संसदमा परिमार्जनसहितको संविधानको प्रतिवेदन पेश गर्दै बाबुरामले राप्रपा नेपाललाई लक्षित गरी संविधान बन्न नदिन ‘दुःखान्त र हास्यास्पद’ दृष्य देखापरेको जनाउँदै ‘१७ सालका भूतहरु’ ‘कथित राष्ट्रियता’ को खोल ओढेर आफूहरुलाई तर्साउन खोजेपनि यसबाट प्रभावित नभई सतर्कताका साथ संविधानसभाबाट संविधान बनाउने अभियानमा लाग्नुपर्ने बताएका थिए ।

बाबुराम बोल्नु अगाडि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सभासदहरुले बैठकमै नाराबाजी गरेका थिए । नाराबाजीका बीच संसदलाई सम्बोधन गर्दै बाबुरामले १७ सालका भुतबाट बच्नुपर्ने भन्दै बोलेको थिए ।

उनको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा नेपालका अध्यक्ष थापाले कडा प्रतिवाद गरेका हुन् । समाजिक सञ्जालमा आक्रोश पोख्दै थापाले चेतावनीको भाषामा लेखेका छन्-‘८ बर्षदेखि आफ्नै अकर्मण्यता र आत्मसमर्पणवादी सोचको कारण संविधान बनाउन असफल एक नेताले हिजो संसदमा गालीगलौजको शैलीमा विषबमन गरेको देख्दा टिठ लाग्यो ।’

थापाको भनाई अनुसार ८ वर्षसम्म आफै संविधान बनाउन नसकेका बाबुरामले अरुलाई गालि दिएर होसियार हुनुपर्छ भन्नु आफैमा लज्जास्पद भनाई भन्ने बुझाउँछ । उनले अगाडि–‘१७ सालको अमुर्त भुत देखाएर आफ्नो अकर्मण्यताको लाज ढाक्ने निरर्थक प्रयास गर्नुको सट्टा कमजोरी सच्याउने तर्फ ध्यानदिनु बुद्धिमानी हुन्छ कि मित्र ?’ भनेर प्रश्न समेत बाबुरामलाई गरेका छन् ।

नेता थापाले बाबुरामलाई विगतको असफलता देखाएर आफ्नो अफलताको लाज ढाक्ने कोसिस नगर्न चेतावनी दिएका हुन् । ‘आफ्नो काम मात्र राम्रो अरुको मागलाई गलत दृष्टिले हेर्ने दुस्साहस नगरियोस्, अन्यथा त्यसको परिणाम पनि भोग्नुपर्नेछ ।’ उनले भने ।

यस्तो छ कमल थापाको आक्रोश :

facebook-kamal-thapa kamal-thapa-statush-1