४ कार्तिक २०८३, बुधबार

चुरोट तान्न निस्किएका देउवा मध्यराति सिंहदरबारमा किन जंगिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bhadur-Deubaकाठमाडौं, २५ साउन । साउन २३ गते मध्यरात हुनै लाग्दा कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा संसद सचिवालयको राज्य व्यवस्था समितिको हलबाट सभामुखको चेम्बरमा छिरे । सभामुख सुवास नेम्वाङ अघि नै हिँडिसकेका थिए ।

त्यहाँ एमालेका उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट तथा सभासद्हरु केशव बडाल, अग्नी खरेल, शत्रुधन महातो, गोकुल घती बसिरहेका थिए । त्यस्तै कांग्रेसका चन्द्र भण्डारी, आनन्द ढुंगाना, भीष्मराज आङदाम्बे थिए भने एमाओवादीका टोपबहादुर रायमाझी र रामनारायण बिडारी थिए । देउवा राज्य व्यवस्था समितिमा जारी शीर्ष नेताहरुको बैठकबाट चुरोट तान्न भनेर उता गएका थिए ।

देउवा भित्री चेम्बरमा छिरेपछि भीष्मराज आङदाम्बे पछि पछि लागे । उनले चन्द्र भण्डारीलाई पनि बोलाए । देउवा केहीबेरमा निस्किएपछि भुतभुताउँदै भने, ‘के गर्ने यार विजय सही गर्नै  मान्दैन । बाँके, बर्दिया दिउँ न त भन्दा बाबुराम मान्दैन, अब होला जस्तो छैन ।’ यत्तिकैमा चन्द्र भण्डारीले भने,‘बाबुराम नमानेको होइन, पारीको कुरा हो । पारी र वारीको कुरा किन आयो ? कसैले बताएनन् ।

तर, बिजय गच्छदारले दाङ, बाँके र बर्दियालाई पनि कैलाली र कञ्चनपुरसँगै सुदूरपश्चिममा पार्ने हो भने थारुलाई मनाउन सक्ने भन्दै पटक–पटक आग्रह गरेका रहेछन् । तर गच्छदारको यो कुरा बाबुरामले नमानेको कुरा त्यहाँ देउवाले बताए ।

त्यतिमात्र होइन, पश्चिम तराई नदिने हो भने पूर्वको सप्तरीलाई १ नम्बर प्रदेशमा मिलाउँ भन्ने उनको प्रस्ताव पनि माओवादीले अस्वीकार गरेको थियो । त्यसपछि गच्छदार घोर संकटमा परे ।, बाबुरामलाई बाँके बर्दियामाथि पनि लाने गच्छदारको प्रस्तावमा मनाउन देउवाले कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र शक्ति बस्नेतलाई लगाए । तर सम्भव भएन । साँघु साप्ताहिकमा समाचार छ ।