४ कार्तिक २०८३, बुधबार

एमाओवादीका सभासद् एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logoकाठमाडौं, २५ साउन । पार्टी एकीकरण प्रक्रिया नटुंगिदै अशोक राईलाई आफ्नो नेता थेग्न गाह्रो हुन थालेको छ । कार्यकर्ता तहमा प्रायः सवै एमालेमा फर्किसकेपनि अशोक राईसँग एमाले पृष्ठभूमिका केही राम्रा नेता छन ।

तर उपेन्द्र यादवसँगको एकीकरणपछि धेरैजसो नेताहरु असन्तुष्ट छन । एमालेमा फर्कन पनि नसक्ने र उपेन्द्र गठबन्धनमा टिक्न पनि नसक्ने अवस्थामा पुगेका केही नेता अहिले घरमै आराम गरिरहेका छन । स्रोतका अनुसार वीरबहादुर लामा, मंगलसिद्धि मानन्धर, हेमराज राई मात्र होइन अजम्बर काङवाङजस्ता युवा पनि निराश छन ।

उपेन्द्र र अशोकको गठबन्धन लामो समयसम्म टिक्न नसक्ने देखेर उनीहरु विकल्पको खोजीमा छन । तल्लो तहका कार्यकर्ताहरु एमालेमा फर्किनबाट रोक्न पनि नसकेपछि उनीहरु निस्क्रिय बसेका हुन । यसैबीच, संविधान सभा निर्वाचनको मुखैमा एमाओवादी प्रवेश गरेकी पूर्व सभासद तथा आदिवासी जनजाति आन्दोलनकी अगुवा टासी स्याङ्बो गुरुङ्सेनी एमालेमा फर्किएकी छिन ।

उनी गतसाता मुस्ताङको माथिल्लो भेगका धेरै सहकर्मीहरुसहित एमालेमा फर्किएकी हुन ।   उता रामेछापमा पनि एमाओवादीका नेताहरु एमाले प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ । साँघु साप्ताहिकमा समाचार छ ।