काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैतसम्म नेपालबाट साढे १० अर्ब रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो । गत आवको सोही अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।








प्रतिक्रिया