३० आश्विन २०८३, शुक्रबार

तेस्रो साफ च्याम्पियन : नेपाल माल्दिभ्ससँग भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saff-u-16काठमाडौँ, २५ साउन । बङ्गलादेशमा आयोजित सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्दैछ ।

बङ्गादेशको सिल्हेटमा आइतबारदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले आज विजय लक्ष्यका साथ माल्दिभ्सको समाना गर्दै मैदानमा उत्रन लागेको हो ।

विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।