३० आश्विन २०८३, शुक्रबार

नेमारले युरोपियन सुपरकपको फाइनलमा नखेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neymar1

म्याड्रिड, २४ साउन । बार्सिलोना फुटबलका ब्राजिलियन स्ट्राइकर नेमारले युरोपियन सुपरकपको फाइनल खेल बालबालिकामा लाग्ने रोगबाट विरामी परेपछि खेल्न नसक्ने भएका छन् ।

ब्राजिलियन स्ट्राइकर नेमार आफ्नो स्पेनी क्लब बार्सिलोनाका लागि सेभिल्लाविरुद्ध खेल्ने तयारीमा थिए तर अकस्मात् बिरामी परेका र १५ दिनका लागि आराम गर्नुपर्ने भएकाले उनी मङ्गलबार हुने युरोपियन सुपरकपमा सामेल हुने छैनन् ।

नेमारको स्वास्थ्यका कारण उनी स्पेनी सुपरकपको फाइनल खेलमा समेत खेल्न नसक्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस/सिन्ह्वा