३० आश्विन २०८३, शुक्रबार

तेस्रो साफ च्याम्पियनसीप : नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football-Saf-U-16काठमाडौँ, २४ साउन । बङ्गलादेशमा हुने १६ वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भोलि माल्दिभ्सको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

बङ्गलादेशको सिल्हेटमा आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले भोलि सोमबार विजय लक्ष्यका साथ माल्दिभ्सको सामना गर्दै मैदानमा उत्रनेछ ।

विभिन्न छ राष्ट्रले भाग लिएका उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’ परेको छ ।

समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसीपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसीपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । रासस