३० आश्विन २०८३, शुक्रबार

सम्वाद समितिको बैठकमै बाबुराममाथि आक्रमण, कस्ले हिर्कायो बाबुरामलाई बैठकमै ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattraiकाठमाडौं, २४ साउन । शनिबार मध्यराति भएको ६ प्रदेशमा सीमांकनसहितको सहमतिलाई राजनीतिक सहमति तथा सम्वाद समितिको बैठकमा पेस गरी छलफल सुरु हुनेवित्तिकै सभापति डा. बाबुराम भट्टराईमाथि आक्रमण भएको छ ।

bisendra-paswan_96600विहान ११ बजे सुरु भएको सम्वाद समितिको बैठकमा बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्रले बाबुरामको मुखमा हिर्काएका हुन् ।

बाबुरामको मुख पत्रले हिर्काउँदै बैठकबाट बाहिर निस्केका सञ्चारकर्मीसँग भने, मैले आफ्नो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए । उनले मलाई किन यस्तो व्यवहार गरेको भनेर सोधे । तिम्लाई मुलुक टुक्र्याउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म बैठकबाट उठेर हिँडे ।’

सहमतिको पत्रले हिर्काएपछि बाबुरामले विचार राख्न पाइने तर अभद्र व्यवहार गर्नेलाई कारवाही गरिने चेतावनी दिँदै पासवानलाई संयमित हुन आग्रह गरेका छन् । पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु दुःखी भएका छन् ।