३० आश्विन २०८३, शुक्रबार

श्रीलंकाका महान् खेलाडी जयसूर्या ६ रनमा आउट, नेपालका अविनाशले लिए महत्वपूर्ण विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaya-syrya-shreelinkaकाठमाडौं, २४ साउन । नेपालका भूकम्पपीडितलाई सहयोगार्थ मलेसियाको किनरारा ओभलमा अहिले चलिरहेको च्यारिटी खेलमा नेपालले महत्वपूर्ण विकेट हात पारेको छ ।

नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको विश्व–११का कप्तान तथा श्रीलंका महान् खेलाडी सनथ जयसूर्यालाई नेपाली बलरले ६ रनमा आउट गरेका छन् । नेपालका अविनाश कर्णले उनलाई ६ रन आउट गरे ।

जयसूर्या श्रीलंकालाई टेस्ट तथा वान डे क्रिकेटमा थुप्रै म्याच जिताउने भेट्रान खेलाडी हुन् । श्रीलंकाका महान खेलाडी मानिएपनि उनी नेपाविरुद्धको खेलमा चल्न सकेनन् ।

नेपालका युवा बलर अविनाश कर्णले उनको अविस्मरणीय विकेट आफ्नो पोल्टामा पारेका हुन् । आठ बलको छाटो इनिङमा उनले एक चौका हानेका छन् । कर्णले फ्याकेको बललाई बाउण्ड्री कटाउने धुनमा उनी राजेश पुलामीको हातबाट क्याच आउट भएका थिए ।