काठमाडौं, २४ साउन । कार्यालयमा ढिला आएको भन्दै इन्स्पेक्टरले दुई हवल्दारमाथि कुटपिट गरेका छन् । घाइते भएका एक हवल्दार तीन दिनदेखि अस्पतालमा छन् ।
विपत व्यवस्थापन महाशाखा सामाखुसीमा कार्यरत इन्स्पेक्टर दानबहादुर थापाले हवल्दारद्वय डिके बुढाथोकी र सुरेन्द्रसिंह धामीमाथि कुटुपट गरेका हुन् ।
बुढाथोकी तीन दिनदेखि प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । उनको घाँटी र गालामा चोट लागेको छ । इन्स्पेक्टर थापाले मनपरी बोल्दै उनलाई लात्तीले टाउकोमा हानेका थिए ।
‘रक्सी खाएर आएको भन्दै इन्स्पेक्टर ले अध्धाधुन्द कुटेका थिए,’ विपत व्यवस्थापन महाशाखाका एक प्रहरीले भने,‘रक्सी नै खाएको भए पनि विभागीय कारबाही गर्नुपथ्र्यो, तर उनीहरुले रक्सी पनि नखाएको आन्तरिक छानबिनमा खुलेको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया