४ कार्तिक २०८३, बुधबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट, केन्द्रको विवाद जिल्लामा पनि देखियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police1पर्वत, २४ साउन । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच शनिबार साँझ पर्वत सदरमुकाम कुश्मामा कुटाकुट हुँदा दुवैतर्फ केही घाइते भएका छन्।

बिदा मनाउन मदिरा सेवन गरेर नेपालकै अग्लो कुश्मा–कैया झोलुंगे पुल घुम्न गएका सशस्त्र प्रहरीका हवल्दारसहित जवान र गस्तीमा गएका प्रहरी टोलीबीच सामान्य भनाभन झडपमा परिणत भएको नागरिक दैनिकले समाचार छापेको छ ।

घटनामा सशस्त्र प्रहरी बल, चण्डिका गणका खगेन्द्रप्रसाद जोशी र तारा सुनार घाइते छन् । उनीहरुको जिल्ला अस्पताल, पर्वतमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीका हवल्दार जोशीको निधारमा चोट छ । उनको दायाँहातको चोर औंलासमेत सरेको गणस्रोतले जनाएको छ ।

सशस्त्रतर्फका घाइतेले आफूहरुले शनिबार बिदाको दिन भएकाले मदिरा सेवन गरेको स्विकारेका छन् ।

सशस्त्रका जवानलाई गस्तीमा रहेको प्रहरी टोलीले बन्दुकको नालले प्रहार गरेको घाइते सशस्त्रका जवानले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा गएका दुई नमबहादुर गुरुङ र डोलराज थापा सामान्य घाइते भएको प्रहरीस्रोतले जनाएको छ ।

दुवै प्रहरी जवानलाई जिल्ला अस्पताल, पर्वतमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

घटनाबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसँग सम्पर्क हुन सकेन ।

जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी बल, चण्डिका गणका गणपति भरत पनेरुले पनि यसबारे बोल्न चाहेनन् ।

घटना हुनासाथ जिल्ला सुरक्षा समितिको बैठक बसेर घटना गुपचुप राख्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयस्रोतले जनाएको छ ।