४ कार्तिक २०८३, बुधबार

अमेरिकी संसदमा नेपालका विषयमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US_काठमाडौं, २४ साउन । अमेरिकाले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि ५० अर्ब रुपैया (५० करोड अमेरिकी डलर) सहयोग गर्ने विधेयक त्यहाँको संसदमा पेस भएको छ ।

पुनर्निर्माणका लागि आयोजित दाता सम्मेलनमा १३ अर्ब रुपैया सहयोग गर्ने घोषणा गरेको अमेरिकाले थप ५० अर्ब सहायता दिन विधयक त्यहाँको संसदमा पेस गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

तीन बर्षको सहयोगलाई क्रमबद्ध रुपमा राखिएको उक्त विधयकले नेपाललाई आगामी ३ वर्षमा ठूला संरचना, विद्यालय, सडक, पुल, विद्युत गृह, पुरात्वत्तिक महत्व र स्वास्थ्यको क्षेत्रमा सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

विधेयकमा आर्थिक वर्ष सन् २०१६ / २०१७ का लागि ४० अर्व रुपैयाँ र २०१८ मा १० अर्ब गरी तीन वर्षमा ५० अर्ब रुपयाँ नेपाललाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

विधेयकले भूकम्प प्रभावित केही जिल्लामा मात्र नभई नेपालको सम्पूर्ण विकासका लागि उक्त सहयोग उपलब्ध लगाउन लागेको भए पनि मुख्य प्राथमिकता भुकम्पछिको पुनर्निर्माण नै रहेको छ ।

विनाशकारी भुकम्प पछि अन्तराष्ट्रिय समुदायको नेपाल प्रतिको सहयोगी हात थप बृद्धि भएको छ । नेपालको पुनर्निर्माणमा सहयोग गर्ने ऐन बनाउनका अमेरिकी संसदमा विधेयक दर्ता भएको हो ।

यो विधयेक पारित भएपछि नेपाललाई अमेरिकाले दिने सहयोगमा भारी बृद्धि हुने अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्कीले कान्तिपुरलाई टेलिफोनमा बताए ।

डेमोक्रेटिक र रिपब्लीकन दुवै पार्टीका सांसदले विधयेक पेस गरेको हुनाले यो पारित हुनेमा आशंका नभएको जानकारी उनले दिए ।

सिनेटर बेन कार्डिन सत्ता पक्ष र मार्क क्रिक प्रतिपक्षका सांसदले संयुक्त रुपमा सिनेटमा ‘नेपाल पुनर्निर्माण विधेयक’ पेस गरेका हुन् ।