काठमाडौं । नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुली सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गर्नेविरूद्व उजुरी दिएकी छिन् । उनले आज साइबर ब्यूरोमा पुगेर उजुरी दिएकी हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आन्दोलनमा उत्रिएकी अमिशामाथि सामाजिक सञ्जालमार्फत गालीगलौज तथा बलात्कारको धम्की समेत आएको थियो ।
उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उनको आरोप छ ।
उनले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी हालेका छौँ । यो अवस्थामा मेरो परिवारले मलाई सहयोग नै गरेको छ । मैले केही गलत नगरेको तथा नबोलेको विषयमा परिवारका सबै सदस्यलाई थाहा नै छ । सोही कारण परिवारबाट सहयोग छ ।’















प्रतिक्रिया