२९ आश्विन २०८३, बिहिबार

सभासद्लाई बासी खाना खुवाउने चमेनागृह बन्द, संसद् सचिवालयद्वारा सम्झौता रद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

canteen-Bicc

काठमाडौँ, ३१ जेठ । संविधानसभा सचिवालयले जयसुमन जनशक्ति सेवा केन्द्र कम्पनी प्रालिद्वारा सचिवालयमा सञ्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाएको छ ।

चमेनागृह व्यवस्थापन उपसमितिको निर्देशनअनुरुप जेठ २९ गतेदेखि संस्थासँग सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाइएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सचिवालयले पटकपटक सोधिएको स्पष्टीकरण र सुधारका लागि दिइएको निर्देशनअनुरुप गुणस्तर र सरसफाइको सुधार गर्नुको सट्टा गुणस्तर र सरसफाइको अवस्था अझ नाजुक देखिएकाले सो उपसमितिको निर्देशनमा सो संस्थालाई चमेनागृह सञ्चालनमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चमेनागृहबाट उपलब्ध गराइएको खाना / खाजालगायतका विविध परिकारका बारेमा सरसफाइलगायत सामानको गुणस्तरका बारेमा सरोकारवालाको असन्तुष्टिसहित व्यापक गुनासो लगातार प्राप्त हुने गरेको र सचिवालयबाट सुधारका लागि विभिन्न मितिमा दिइएको लिखित निर्देशनलाई समेत बेवास्ता गरी सुधार नगरी रहेको अवस्थामा खाद्य तथा गुण नियन्त्रण विभागबाट केही खाद्य सामग्रीको नमुना परीक्षण गराउँदा स्टाफाइलाकिकस भेटिएको उल्लेख गरिएको छ । रासस