काठमाडौं, २३ साउन । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान माइकल क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
एसेज सिरिजको अन्तिम खेल सकिएपछि क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेका हुन । एसेज सिरिजको अन्तिम खेल २० अगस्टमा हुनेछ । अर्थात १२ दिनपछि हुँदैछ ।
३४ वर्षका क्लार्कको स्वाथ्यको ढाडमा समस्या रहेको छ । क्लार्कले टेस्ट करियरमा २८ सतक प्रहार गरेका छन् । सन्यासको घोषणा गर्दै गर्दा उनी मैदानमै आँसु खसाल्दै भावुक बनेका थिए ।
३५ वर्षका क्लार्कले ११४ टेष्टमा ८ हजार ६ सय २८ रन बनाएका छन् । टेष्टमा उनको उत्कृष्ट पारी ३२९ रन हो । २००४ मा भारतविरुद्धको टेष्टमा डेब्यू गरेका उनले ३१ विकेट समेत लिएका छन् ।















प्रतिक्रिया