२० असार २०८३, शनिबार

ओली–लेखक पक्राउको देशभरि सशक्त प्रतिकार गर्न अनेरास्ववियुको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको प्रतिकार गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

अनेरास्ववियुले ओली र लेखक पक्राउको विरोध गर्दै त्यसको प्रतिकारका लागि कमिटीहरूलाई देशभरि सशक्त प्रतिकार गर्न निर्देशन दिएको हो ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेतामाथि गरिएको यसप्रकारको व्यवहारप्रति अनेरास्ववियु घोर भत्र्सना व्यक्त गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष उहाँहरूको अविलम्ब रिहाइका लागि जोडदार माग गर्दछ । यस गैरकानुनी कार्यको सशक्त प्रतिकार गर्न देशैभरिका मातहत कमिटीहरूलाई अनुरोधसहित निर्देशन गरिन्छ ।’

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई शनिबार पक्राउ गरेको छ ।