२८ असार २०८३, आइतबार

ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ । यति बेला काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।

१०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।