१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक ६ बजे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, २३ साउन । संविधानसभाको अपराह्न ३ बजेका लागि तय गरिएको बैठक आज साँझ ६ बजेसम्मका लागि स्थगन गरिएको छ ।

संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेललेसंविधानका विवादित विषयमा कुरा मिलाउन राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेकाले बैठक तीन घन्टाका लागि पर सारिएको जानकारी दिनुभयो ।

यस्तै आज अपराह्न १ बजेका लागि तय गरिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अपराह्न ३ बजेका लागि तय गरिएको छ । संविधानका विवादित विषयमा सहमतिका लागि चार प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल जारी छ ।