३० आश्विन २०८३, शुक्रबार

विश्व ११ सँग खेल्न नेपाली टोली मलेसिया प्रस्थान, ज्ञानेन्द्रले नखेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-mallaकाठमाडौं, २३, साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गत आइतबार हुने क्रिकेट खेल खेल्न नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

नेपाली टिमले आइतबार मलेसियाको राजधानी क्वालामपुरको किनरार ओभलमा विश्व ११ सँग खेल्दैछ । विश्व ११ सँग खेल्ने नेपाली टिममा समावेश गरिएका उपकप्तान ज्ञानेन्द्र मल्ल भने मलेसिया गएनन् ।

उनी घरेलु कारणले विश्व ११ सँगको खेलमा नेपाली टिमबाट सहभागी नभएका हुन् । किनरारा ओभलमा हुने खेलका लागि नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा नरेश बुढायरलाई टीममा राखेको छ ।

रस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा यू–१९ कप्तान राजु रिजाल पनि छन् । २० ओभरको खेलमा विश्व ११ को कप्तानी श्रीलंकाका लेजेन्ड सनथ जयसूर्याले गर्दैछन् ।