बगदाद, २३ साउन । सेक्स गर्न नमानेको आरोपमा १९ युवतीहरूलाई आई.एस नामक आतंकवादी संगठनका सदस्यले घाँटी रेटेर हत्या गरेको समाचार सार्वजनिक भएको छ ।
इराजकको राजधानी बगदादबाट प्राप्त समाचारअनुसार आतंकवादी संगठन आई.एस.का सदस्यहरूले आफूसँग सेक्स गर्न नमानेको भन्दै युवतीहरूको हत्या गरेका हुन् । आतंकवादी संगठन आई.एस.ले गत वर्ष ती १९ युवतीहरूलाई अपहरण गरेर राखेको थियो ।
कुर्दिश डैमोक्रेटिक पार्टीका प्रवक्ता मिमोउसिनीले हत्या गरिएका १९ युवतीहरू गत वर्ष आई.एस.को अपहरणमा परेको बताए । उनले घटनालाई बरबरताको संज्ञा दिएका छन् ।
सेक्स गर्न नदिएको आरोम युवतीहरूको हत्या भएको जनाइए पनि हत्याको गरिएको मितिका विषयमा केही जनाइएको छैन । तर १९ युवतीहरूको हत्या १ या २ अगस्तमा भएको हुन सक्ने अनुमान गरिएको छ ।
आतंकवादी संगठन आई.एस.ले १९ जना युवतीहरूलाई हत्या गरेको विषयमा औपचारिक रुपमा केही जनाएको छैन ।
– एजेन्सी















प्रतिक्रिया