४ कार्तिक २०८३, बुधबार

‘साम्राज्यवादी समय’बाट उत्तर कोरिया अलग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

northkoreaसोल (बीबीसी), २३ साउन । उत्तर कोरिया अब नयाँ समय क्षेत्रमा प्रवेश गर्ने भएको छ । राज्य सञ्चालित मिडियाका अनुसार दोस्रो विश्वयुद्धमार्फत् जापानी शासनबाट मुक्त भएको दिन पारेर प्योयाङले आफ्नै समय अपनाउन लागेको हो ।

उत्तर कोरिया अहिलेसम्म दक्षिण कोरिया र जापानकै समय क्षेत्रमा रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । जुन ग्रिनविच मिनटाइम (जीएमटी) भन्दा ९ घन्टा अगाडि छ ।

तर अब प्योयाङ टाइम अगस्ट १५ देखि ३० मिनेट ढिला पारिने भएको छ । राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएले दुष्ट जापानी साम्राज्यवादीहरुले कोरियालाई आफ्नो समयबाट समेत विमुख गरेको उल्लेख गर्दै अब त्यसलाई यथास्थानमा ल्याइएको जनाएको छ ।

सन् १९१० मा जापानीले त्यति बेला एउटै मुलुक रहेको कोरियाली प्रायद्वीपलाई उपनिवेश बनाउनुअघि कोरियाली समय जीएमटीभन्दा साढे ८ घन्टा मात्र अगाडि थियो ।

कोरियाली स्वतन्त्रताको ७० औं वर्षगाँठका अवसरमा जनता र राष्ट्र सेवकहरुको इच्छा कदर गर्दै प्योयाङ समय अवलम्बन गरिएको केसीएनएले अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ ।

दक्षिण कोरियाले चाहिँ दुई कोरियाद्वारा उत्तर कोरियामा संयुक्त रूपमा सञ्चालित केसोङ औद्योगिक क्षेत्रमा केही समय असुविधा हुन सक्ने जनाएको छ ।

कुनै पनि देशले आफ्ना लागि समय क्षेत्र निर्धारण गर्ने स्वतसिद्ध अधिकार राख्छन् किनभने यो विषयलाई नियमन गर्ने कुनै अन्तर्राष्ट्रिय निकाय नै छैन ।

सन् २०११ मा समोआले अन्तर्राष्ट्रिय डेटनलाइनकै अर्को पाटोमा प्रवेश गर्दै आफ्नो समय क्षेत्र परिवर्तन गरेको थियो । यसले गर्दा उसलाई छिमेकी अस्टे्रलिया र न्युजिल्यान्डसँग संवाद गर्न सहयोग पुगेको थियो ।

सन् २००७ मा भेनेजुएलाले पनि आधा घन्टा समय अगाडि तानेको थियो । तत्कालीन राष्ट्रपति स्व। ह्युगो चाभेजले आफ्ना जनतालाई समानुपातिक रूपमा सूर्यप्रकाश वितरण गर्न त्यस्तो परिवर्तन गरिएको बताएका थिए ।