काठमाडौं, २२ साउन । एकीकृत नेकपा माओवादीले सुदूरपश्चिमको कैलाली जिल्लामा लिएको अडान छाडेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको एमाओवादीे स्थायी समितिको बैठकले ६ प्रदेशको सीमांकनमा सत्तारुढ कांग्रेस, एमालेकै प्रस्ताव अनुसार कैलालीको अडान छाडेको हो । अब एमाओवादी अखण्ड सुदूरपश्चिमकै पक्षमा उभिएको छ ।
झापा, मोरङ, सुनसरीलाई पूर्वी पहाडमा बन्ने प्रदेशमा राख्नुपर्ने कांग्रेस र एमालेको अडानमा एमाओवादीले सहमति गरेपछि विवाद कैलालीतिर सरेको थियो ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कैलालीमा सहमति हुन नसकेको र त्यहाँका जनताको चाहना अखण्ड सुदूरपश्चिम भएकाले अडान छाडेको बताए । कैलालीलाई सुदूरपश्चिममा राख्ने तर, नोट अफ डिसेन्ट लेख्ने निर्णय पनि एमाओवादीले गरेको उनले बताए ।
एमाओवादीले कैलाली कञ्चनपुरलाई पहाडमा बन्ने प्रदेशमा राख्ने सहमति जनाएपछि कांग्रेस र एमालेका शीर्ष नेताहरुले यसलाई ऐतिहासिक भनेका सहमति भनेका थिए । एमाओवादीले कैलाली छाडेपनि शुक्रबार दलहरुवीच सीमांकनमा सहमति भने हुन सकेन ।















प्रतिक्रिया