काठमाडौं, २२ साउन । आगामी अक्टोबरमा नेपालमा आयोजना गर्ने भनिएको यू–१९ विश्वकप छनोट क्रिकेट अब मलेसियामा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भूकम्पको कारण देखाउँदै विहीबार यू–१९ विश्वकप छनोट क्रिकेट आयोजना नेपालबाट खोसेर मलेसियाको राजधानी क्वालालम्पुरमा सार्ने निर्णय गरेको हो ।
नेपाल क्रिकेट संघ क्यानकै प्रस्तावमा क्रिकेट खेल आयोजना स्थल मलेसियामा सारिएको आईसीसीका मुख्य कार्यकारी अधिकारी डेभिड रिचर्डसनले बताएका छन् ।
आगामी अक्टोबर १४ देखि २३ सम्म हुने यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालसँगै आयरल्याण्ड, पपुवा न्यूगिनी, युगाण्ड र अमेरिकाले खेल्दैछन् ।















प्रतिक्रिया