३० आश्विन २०८३, शुक्रबार

आयो तीजको कोसेली ‘घाटाको कारोबार’ (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghatao-karobar

गुल्मी । लोक तथा दोहोरी गायक बैकुण्ठ महतको तीज गीत ‘घाटाको कारोबार’ सार्बजनिक भएको छ । तीज आउन केहि समय बाँकी भएपनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैसकेको छ ।

लोक तथा दोहोरी गीतमा फरक प्रस्तुति दिँदै आएका गायक बैकुण्ठ महतको ‘घाटाको कारोबार’ नामक तीज गीत बुधबारबाट बजारमा आएको छ । केहि दिन अघि गुल्मीको सदरमुकाम तम्घासको वालमन्दिरमा उक्त गीतको भिडियो छाँयाकन भएको थियो । गीतको भिडियोमा नृत्य निर्देशक एबं मोडल शंकर बिसी र मोडल रस्मी तामाङ सहित गुल्मेली केहि महिला दिदी बहिनीको अभिनय रहेको छ ।