४ कार्तिक २०८३, बुधबार

महँगो मोबाइल लुट्न भीरबाट खसालेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobilePhoneकाठमाडौं, २२ साउन । निर्घात कुटपिटमा परेका सिन्धुपाल्चोकमा एक युवकको मृत्यु भएको छ ।

थाङपालधाप- ३ का एक युवकलाई कुटपिट गरी नजिकैको गुठे भीरबाट २ सय मिटर तल फालिएको अवस्थामा शव फेला परेको छ ।

हत्या गरी भीरबाट फालिएको अवस्थामा स्थानीय भूपेन्द्र चपागाईँको शव फेला परेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

प्रहरीले घटनामा सम्लग्न भउको भन्दै नीरबहादुर पाख्रिन र अन्य ३ जना समातेको छ ।

भूपेन्द्रसँग महँगो मोबाइल भएको र त्यो लुट्न उनको हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।