३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलिया ६० रनमा अलआउट, ब्रोडको उत्कृष्ट बलिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stuart-Broadकाठमाडौं, २१ साउन । एसेस श्रृखलाको चौथो टेस्टको पहिलो दिन इंग्ल्याण्डले अष्ट्रेलियालाई ६० रनमा अलआउट गरेको छ ।

नटिङघममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया खराब प्रदर्शनसहित खेलमा १९ ओभर नसकिँदै ६० रनमा अलआउट भएको हो । इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले उत्कृष्ट बलिङ सामु अष्ट्रेलियाका व्याट्सम्यान निरीह बने ।

ब्रोड एक्लैले ९.३ ओभरमा १५ रन दिएर ८ विकेट लिए । यो एसेजको सुरुवाती पारीमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । यसअघि १९९७ मा ग्लेन म्याग्राले ३८ रन दिएर ८ विकेट लिएका थिए । सोही क्रममा उनले टेस्ट क्रिकेटमा आफ्नो ३ सय विकेट पनि पूरा गरे ।

६० रनमा अलआउट भएको अस्ट्रेलियाका क्रिस रोजर्स र स्टिभ स्मिथ पहिलो ओभरमै आउट भए । दोस्रो ओभरमा डेभिड वार्नर शुन्यमै आउट भए । त्यसपछि २१ रन जोड्दा अष्ट्रेलियाले ५ विकेट गुमायो । एसेजमा अष्ट्रेलियाले ७५ वर्षपछि पहिलो पटक २१ वा सोभन्दा कम रन बनाउन ५ विकेट गुमाएको हो ।

ब्रोडको बलिङका अगाडि अष्ट्रेलियन ब्याट्सम्यानले घुँडा टेकेपछि पाहुना टोली अष्ट्रेलिया १८.३ ओभरमा ६० रन जोड्दा अल आउट भयो ।