२० असार २०८३, शनिबार

चितवन–३ मा सोविता गौतमको प्रारम्भिक अग्रता, पछ्याउँदै रेणु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन क्षेत्र–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवारले अग्रता लिएको छ । जारी मतगणनाअनुसार चितवन क्षेत्र–३ मा रास्वपाकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी हुन् ।

सोविताले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टी नेकपाकी रेणु दाहालले पछ्याइरहेकी छन् । दाहालले ६७९ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले २०२, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १२९ मत ल्याएका छन् ।