८ कार्तिक २०८३, आइतबार

आठ हजार घुस लिने सब-इन्सपेक्टर रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeनेपालगञ्ज, २१ साउन । बाँकेमा एक प्रहरी सहायक निरीक्षक घुस लिँदालिँदै पक्राउ परेका छन् ।

बाँके जिल्लाको बेतहनीका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगारलाई ८ हजार घुससहित अख्तियारले पक्राउ गरेको हो ।

नेपाल तथा भारतबाट विभिन्न प्रकारका दैनिक उपभोग्य सामान तथा कुखुराका चल्ला ल्याई गाउँमा विक्री गर्ने व्यवसायीबाट ८ हजार घुस लिइसकेको अवस्थामा सो रकमसहित वैगार पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार वैगार विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।