४ कार्तिक २०८३, बुधबार

यस्तो छ एमालेको नयाँ कार्यालयः भुँडीमैत्री कुर्सी, गुटबन्दी रोक्न खुला कार्यकक्ष (भिडियो पनि हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-new-office
काठमाडौं, २१ साउन । एक करोड रूपैयाँभन्दा बढी पैसा खर्चेर एमालेले नयाँ केन्द्रीय कार्यालयको फर्निसिङ तथा रंगरोगन पूरा गरेको छ। नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको नयाँ कार्यालयको भुइँ तला आधुनिक बैंक जस्तो बनेको छ भने अध्यक्ष, बरिष्ठ नेता र महासचिव रहने पहिलो तलाले कुनै बहुराष्ट्रिय कम्पनीको कर्पोरेट अफिस सम्झना गराउँछ।
गोप्य कक्षका कारण गुटबन्दी बढेको भन्दै एमालेले नयाँ मुख्यालयमा ढोका बन्द गर्ने सुविधा भने कहीँ पनि दिएको छैन। कक्षहरु सबै खुल्ला छन् । वैशाख १२ को भूकम्पले बल्खु स्थित केन्दीय कार्यालयन भवन क्षतिग्रस्त भएपछि धुम्बाराही सर्न लागेको एमाले मुख्यालयको केन्द्रीय कमिटी बैठक कक्ष टेबलरहित छ। टेबलमा टाउको राखेर केन्द्रीय सदस्य निदाउलान् भनेर सभा कक्षमा कुर्सी मात्र राखिएको हो ।
एमाले अाफ्ना नेताहरूको भुँडीलाइ ध्यानमा राख्दै फरक किसिमका भुँडीमैत्री कुर्सी बनाएको छ । केन्द्रीय समिति बैठकमा सहभागी हुने नेताहरुले आफ्नो भुँडीअनुसार कुर्सीको दाया भागमा रहेको बार फोल्ड गरेर घटाउन वा बढाउन सक्नेछन् । देब्रेतर्फ भने बार छैन ।

‘उहाँहरुलाई आफ्नो शरीरको आकारअनुसार बस्न सजिलो होस् भनेर हामीले यो इन्जिनियरिङ गर्न लगाएका हौं’, एमालेको अर्थ विभाग प्रमुख तथा केन्द्रीय कार्यालय स्थानान्तरणको जिम्मा पाएका विष्णु रिमालले नागरिकन्युजसँग भने, ‘यी नमुना कुर्सीमा ल्यापटप वा डायरी राखेर प्रयोग गर्न मिल्छ।’

नेताहरुको तह र मर्यादा अनुसारका चेम्बर बनाइएका छन्। प्रत्येक चेम्बरमा कम्प्युटर छन्। चेम्बरमा चुकुल लगाएर गोप्य बैठक गर्न भने मिल्दैन। चेम्बरका आल्मुनियम बार औषत मान्छेको उचाइका छन्, माथि खुल्ला छ। नेताको तह हेरेर कुर्सी, टेवल र चेम्बरको साइजको मापदण्ड तय गरिएको छ।

नेता रिमालले बल्खुबाट कम्प्युटरबाहेक केही नल्याएको सबै नयाँ सेटअप गरिएको जानकारी दिए।

अध्यक्षका लागि १० जना भिआइपी अँट्ने मिटिङ कक्ष
अध्यक्ष, दुई बरिष्ठ नेता र महासचिवको कार्यकक्ष पहिले तलाको एउटै हलमा फरकफरक चेम्बरमा छन् तर सबैको सचिवालय एउटै छ। गोप्य कुरा गर्ने बिधि अन्त्य गरी खुलापन आत्मसात गर्न यसो गरिएको उनले बताए।

अध्यक्षको कार्यकक्षमा सबैभन्दा महँगो फर्निचर र कार्पेटिङ गरिएको छ। बैंक सिइओभन्दा भव्य टेबल कुर्सी रहेको अध्यक्षको कक्षसँगै दशजना अट्ने भिआइपी मिटिङ हल छ। कार्पेट र पर्दा रातो प्रयोग गरिएको कक्षमा पंखा राखिएका छैनन्। एसी जडान गरिएको छ। लोडसेडिङलाई सामना गर्न १६ केवी क्षमताको सोलार प्यानल जडान गरिएको छ।

सबै पदाधिकारी र विभागीय प्रमुखका लागि बेग्लाबेग्लै चेम्बर छन्। ग्राउण्ड फ्लोरमा उप महासचिव, सचिव, कार्यालय सचिव र सह सचिवका लागि छुट्टाछुट्टै कार्यकक्ष छन्। ग्राउन्ड फ्लोरमै उपाध्यक्षहरु र आयोगका लागि बेग्लाबेग्लै कार्यकक्ष छन् ।

सभा हलको अग्रभागमा स्थायी कमिटी बस्ने बेग्लै डेस्क बनाइएको छ। केन्द्रीय सदस्य समिति बैठकका लागि झन्डै दुई सय क्षमताको हल तयार पारिएको छ। एमालेका १ सय ८५ जना केन्द्रीय सदस्य छन्।

वाईफाइ सुविधा सहितको मिडिया सेन्टर
पत्रकार सम्मेलन गर्न भवन बाहिर बेग्लै हल फिनिसिङ हुँदैछ। कार्यालय परिसरलाई वाइफाइयुक्त बनाएनेछ। महत्वपूर्ण दस्तावेज स्टोर गर्न दुई वटा शक्तिशाली कम्प्युटर छुट्याइएकोे छ। ‘दुई कम्प्युटर महत्वपूर्ण डकुमेन्ट राख्ने सर्भर कम्प्युटर हुनेछन्’, रिमालले भने। पत्रकारहरूले समाचार पठाउन सजिलो होस् भनेर वाइफाइ सुविधा र दुइ कम्प्युटरको अलग्गै व्यवस्था गरेको छ।

दुबो रोपिएको गार्डेनको बीचबाट कार्यालयको मुल ढोकासम्म गाडी पुग्छ। पार्किङ भने कम्पाउन्ड बाहिर व्यवस्था गरिएको छ ।

भोली (शुक्रबार) एमाले कार्यालय सार्ने साइत जुरेको छ । पर्टीकै नेता एवम् पर्यटनमन्त्री कृपाशुर शेर्पा अध्यक्ष रहेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठनको भवन भाडामा लिइएको रिमालले बताए । नागरिक दैनिकमा समाचार छ ।