८ कार्तिक २०८३, आइतबार

सोलुको नेचा बतासेमा पुरुषको शव भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुुखुम्बु, २१ साउन । सोलुखुम्बुको नेचा बतासेमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

नेचा बतासे–४ बस्ने ५४ वर्षीय लालबहादुर राईको शव नेचा बतासे वडा नं ३ र ५ को बीचमा पर्ने सम्सले खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नेचाका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको थियो ।

साउन १५ गते बिहान घरबाट हिँडेका राई आज बिहान मृत भेटिएका हुन् । मानसिक सन्तुलन ठीक नभएका राईको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रासस