काठमाडौं । कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ मा काँग्रेस उम्मेदवार अभिषेकप्रताप साहले भारतको उत्तर प्रदेशका पूर्वमन्त्री जगदम्बिका पाललाई बोलाएर आफ्नो चुनावी प्रचार गरेका छन् । भिडियोमा साहले भारतीय नेता साहको खुट्टा ढोगेर बिदाई गरेको पनि देखिन्छ ।
निर्वाचनमा विदेशी नागरिक वा नेताले नेपालमा आएर कुनै उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्नु संवेदनशील विषय मानिन्छ । निर्वाचन आचारसंहिताले विदेशी नागरिकलाई प्रत्यक्ष रूपमा चुनावी गतिविधिमा संलग्न हुन रोक लगाएको छ ।
घटनापछि विपक्षी दल तथा स्थानीय तहका केही नेताले विदेशी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेका छन् ।
भिडिओ–















प्रतिक्रिया