४ कार्तिक २०८३, बुधबार

देउवा र पौडेलका आ–आफ्नै दाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra_paudelकाठमाडौं, २१ साउन । नेपाली कांग्रेसको महाधिवेसन आउन एक महिना मात्र बाँकी रहँदा नेताहरुको चहल पहल ग्रामिण दुरदराजदेखि शिर्ष नेताहरुको निवाससम्म देखिन थालेको छ ।

कांग्रेसको नेतृत्व लिन दुई पटकसम्म सभापतिमा उम्मेदवारी दिएर पराजित नेता शेरबहादुर देउवा यस पटक भने प्रधानमन्त्री शुशील कोइरालाले उम्मेदवारी नदोहोर्‍याए आफु नेतृत्वमा पुग्न सक्नेमा ढुक्क भएर बसेको समाचार यूनाइटेड पोष्टले छापेको छ ।

संबिधान निर्माण प्रक्रियामा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति कोइरालालाई पूर्ण रुपमा सहयोग गरेका नेता देउवा सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटिसकेपछि पार्टी संस्थापन पक्षबाट को उम्मेदवार बन्ने भन्ने निश्चित भइसकेको छ । सभापति कोइरालाले आफु सभापतिमा नउठ्ने संकेत गरिसकेका छन् ।

उनी उपसभापति रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारको रुपमा पार्टी संस्थान पक्षबाट अघि सार्ने निष्कर्षमा पुगेका छन् ।

तर उपसभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको सो सल्लाहमाथि बिश्वास गेका छैनन् । प्रधानमन्त्री कोइरालालाई राष्ट्रपतिमा जिताउन देउवालाई सभापति सर्बसम्मतको रुपमा दिन र आफुलाई संसदीय दलको नेताको जिम्मेवारी पार्टी महाधिबेसन अघि नैं दिन आग्रह गरिरहेका छन् ।

उनले सभापति कोइरालासँगको सम्बन्धमा चिसोपन ल्याउनकै लागि पार्टी नेतृत्वमाथि आलोचना र बिरोधको बैठक गर्दै हिँडेका छन् ।

उनले सभापतिमा नेता देउवासँग प्रतिष्पर्धा गर्न सकिन्न भन्ने लागेर नैं पहिले नैं संसदीय दलको नेता माग गरेका छन् । तर पौडेलको पछिल्लो ब्यबहारबाट चिडिएका कोइराला देउवालाई सहजै पद सुम्पने पक्षमा छैनन् । उनले त्यसको लागि तीन बिकल्प अघि सारेका छन् ।

जसअनुसार पौडेललाई सभापतिमै उठाउने, उनी नउठे शसांक कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौलामध्ये एकलाई अघि सार्ने र तेश्रोमा देउवालाई सहमतिमा सभापति बनाए पनि ससांक र सिटौलामध्ये एकलाई उपसभापतिमा उठाएर पछि कार्यबाहक दिने प्रस्ताव अघि सारेका छन् ।

यता, पौडेलले भने सभापति कोइरालासँग उपसभापति पदमा संस्थापन पक्षबाट उपसभापति वा संसदीय दलको नेता माग गरेका छन् ।

त्यसका लागि उनले दबाब समूह पनि खडा गरेका छन् । जसअनुसार पौडेललाई यतिबेला केन्द्रीय सदस्यहरु अर्जुननरहसिंह केसी, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, फर्मुल्लाह मन्सुर, पद्मनारायण चौधरी, नबिन्द्रराज जोशी, कमला पन्त, शंकर भण्डारी, बद्रीप्रसाद पाण्डेले साथ दिइरहेका छन् ।

त्यस्तै, सभासद्हरु रामकृष्ण घिमिरे, प्रकाश पौडेल, धु्रव वाग्ले, रामेश्वर ढुंगेल, प्रेमबहादुर आले, सुधिर शिवाकोटी, भरत खड्का, शारदा पौडेल राजेन्द्र केसी, हृदयराम थानी, ललितजंग शाही, पूर्ब सांसद मोहन पाण्डेसहितको एक भेला पौडेलल किङ्स कलेज बबरमहलमा आयोजना गरी सभापति कोइरालाको सत्तो सराप गरेका छन् । उनले कोइराला परिवारका सदस्यहरुले लिन मात्र जानेको दिन कहिल्यै नजानको भनी आलोचना गरेका थिए ।

उनले कोइराला नेतृत्वको पार्टी संगठनलाई गतिशिल बनाउन देशब्यापी बीपी जनचेतना पदयात्रा, गणेशमान बलिदानी यात्रा, पार्टी जिल्ला सभापति, सचिव र कोषाध्यक्षको भेला र प्रशिक्षण गरेको तर आफ्नो योगदान नसम्झेको भन्दै राजनीतिक नियुक्तीमा पनि आफुलाई नसक्झेको गुनासो गरेका थिए । पौडेलले यतिबेला दिनै पिच्छे जस्तो सभासद्हरुको भेला गर्न थालेका छन् ।

त्यस्तै, पौडेलले तनहुँका पत्रकारहरुलाई अनामनगरमा भोज पार्टी दिएका छन् । अघिल्लो सोमबार भएको सो पाटीलाई संवोधन गर्दै कोइरालाले आफु अब पछि नफर्कने भन्दै संचारमाध्यमबाट साथ दिन आग्रह गरेका थिए । उनले अर्को एक प्रशंगमा पत्रकाहरुलाई समाचारको शिर्षक टिपाउँदै भनेका थिए ‘कांग्रेस भित्र न्यायको खोजी ।’