८ कार्तिक २०८३, आइतबार

सिमसार क्षेत्र र सप्तकोसी नदीमा माछा मार्न निषेध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २१ साउन । कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदी र सिमसार क्षेत्रमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ ।

वर्षाको समयमा माछाको प्रजनन हुने भएकाले असारदेखि भदौ महिना सम्मका लागि कोसी नदीमा र सिमसार क्षेत्रमा माछा मार्नका लागि निषेध गरिएको कोसी टप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले जानकारी दिनुभयो ।

नेपालको जलचर संरक्षण ऐन, २०१७ र त्यसको पहिलो संशोधन ऐनअनुसार सप्तकोसी नदीको केही भागमा माछा मार्न निषेध गरेको चौधरीले बताउनुभयो ।