काठमाडौं, २१ साउन । दक्षिण कोरियाको संसदले सन् २०१६ का लागि प्रतिघण्टा ६०३० वन (करिब ६३८ रुपैयाँ) पारिश्रमिक बढाउने निर्णय पारित गरेको छ ।
रोजगार तथा श्रम मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सबै र्फम, उद्योग, कलकारखानालगायत क्षेत्रमा कार्यरत मजदुर तथा व्यवसायीलाई यसबारे जानकारी गराएको छ ।
सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने यो पारिश्रमिक चालू वर्षको प्रतिघण्टा ५५८० वनभन्दा ८.१ प्रतिशतले बढी हो ।
यो वर्षका लागि ७.१ प्रतिशत बढाइएको समाचार कारोबार दैनिकले छापेको छ ।
न्यूनतम पारिश्रमिक वृद्धिसँगै रोजगार अनुमति प्रणाली इपीएस मार्फत कार्यरत १६ मुलुकका आप्रवासी र तल्लो श्रेणीका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुनेछन् ।















प्रतिक्रिया