काठमाडौँ, ३० जेठ । लोकसेवा आयोगले वस्तुगत उत्तरपुस्तिकाको नतिजा छिटोछरितो बनाउन अप्टिकल मार्क रिडर ( ओएमआ) यन्त्र ल्याउने तयारी गरेको छ ।
आयोगबाट लिइने परीक्षाको नतिजा ढिला भइरहेको गुनासो बढेपछि नतिजा प्रकाशनलाई तीव्रता दिन थप यन्त्र ल्याउने भएकोे आयोगका कानुन शाखाका उपसचिव प्रकाश पण्डितले जानकारी दिनुभयो । उहाँले आयोगमा अहिले दुईवटा यन्त्रबाट उत्तरपुस्तिका परीक्षण गर्ने कार्य भइरहेको बताउनुभयो ।
उहाँका अनुसार आयोगले उत्तरपुस्तिका परीक्षण गर्न कार्यालयमा अप्टिकल मार्क रिडर युनिट स्थापना गरेको छ । ती यन्त्रको प्रयोग गरी उत्तर पुस्तिका स्क्यान गरिन्छ । स्क्यान गरेपछि मेसिनमा रेखाङ्कित चिह्न मिलेनमिलेको देखाउने गर्दछ । त्यसैका आधारमा प्राप्ताङ्क गणना गरेर नतिजा प्रकाशन गरिन्छ ।
यन्त्र प्रयोग गर्न कर्मचारीलाई दक्ष बनाउन तालिमको तयारीसमेत गरिसकिएको बताउँदै उहाँले भन्नुभयो, “मेसिन ल्याउन सबै तयारी पूरा गरेका छौँ ।














प्रतिक्रिया