४ कार्तिक २०८३, बुधबार

चीनसँगको तातोपानी नाका खुल्यो, अब सामान आायात हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tatopani-Khasaकाठमाडौं, २१ साउन । भूकम्पपछि पहिरोले अवरुद्ध नेपाल–चीन तातोपानी नाका द्विपक्षीय पहलबाट खुलेको छ ।

नेपाली सेनाको सहयोगमा चीनको सशस्त्र प्रहरीले पहिरो हटाई बाटो खुलाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

चिनियाँ टोलीले ५ दिनमै नाका खुलाएको हो । यति थोरै दिनमै मितेरी पुलमाथि बेलिब्रिज हाल्नेदेखि सडक खुलाउनेसम्मको काम सम्पन्न भएको हो ।

वैशाख १२ को भूकम्पले उक्त नाका बन्द भएर कोदारी राजमार्गमार्फत नेपाल–चीन स्थल यातायात सम्पर्क विच्छेद भएको थियो ।

चीन सरकारले बाटो पन्छाएर राहत ल्याए पनि सर्वसाधारण र व्यापारिक प्रयोजनका लागि खुला हुन सकेको थिएन ।

बाटो खुलाउन दैनिक सयभन्दा बढी चिनियाँ प्रहरी हरेक दिन आउँदैजाँदै काम गरेका थिए । चिनियाँ विशेषज्ञ टोली बिहीबार फर्कंदै छ ।

चीनले नेपालको पुनर्निर्माणमा तत्काल काम गर्न सवा अर्ब रुपैयाँ उपलब्ध गराएलगत्तै बाटो खुलाउने काम सुरु भएको हो ।

अन्य क्षेत्रमा काम गर्न चीनले परियोजना अध्ययन गर्ने भनेको छ ।

चीनले भूकम्पपछिको पुनर्निर्माण निम्ति ७६ अर्ब रुपैयाँ अनुदान दिने अन्तर्राष्ट्रिय दाता सम्मेलनमार्फत घोषणा गरेको थियो ।

कोदारी मार्ग खुलेलगत्तै अब केरुङ नाका खुलाउने काम सुरु हुने अधिकारीहरूले बताए ।