६ श्रावण २०८३, बुधबार

रविलाई दमौलीमा कालो झण्डा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दमौलीमा उज्यालो नेपाल पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका छन् ।

चितवनमा सभा सकेर दमौलीको कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेलाई उज्यालो पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत कालो झण्डा प्रदर्शन गरेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिइएको र यसबारे प्रमुख जिल्ला अधिकारीसहित बसेर छलफल भइरहेको तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले बताए ।

दमौलीको मुख्य चोकमा जम्मा भएर कालो झण्डा प्रदर्शन गरेका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले अहिले विरोध गरिरहेका छन् ।