२३ असार २०८३, मंगलबार

निर्वाचनमा कुनै पनि प्रकारको धाँधली वा प्रभाव स्वीकार्य हुँदैन : केपी शर्मा ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने विषयमा आशंका व्यक्त गरेका छन्।

झापाको दमकमा आयोजित ‘बा–सँग विद्यार्थी’ संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रक्रिया पारदर्शी बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि प्रकारको धाँधली वा प्रभाव पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै राज्य संयन्त्रको प्रयोग गरेर मतपरिणाम बदल्ने कोशिश भए त्यसलाई अस्वीकार गर्ने चेतावनी दिए। ‘त्यस्ता गतिविधि तत्काल रोकिनु पर्छ । रोकिनेमा शंका छ,’ उनले भने ।

उनका अनुसार लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने गतिविधि तत्काल रोक्न जरुरी छ।

ओलीले विगतका राजनीतिक घटनाक्रमले देश अस्थिर बनेको उल्लेख गर्दै अब जनमतबाट स्पष्ट जनादेश आवश्यक रहेको बताए।