८ कार्तिक २०८३, आइतबार

आगलागीमा परि न्युजिल्याण्डमा गुल्मीका एकै परिवारका तीन नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tej-Narayan-Kafle-Family-1– अनिश गैरे
गुल्मी, २० साउन । न्यूजिल्याण्डमा आगलागीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । साउथ क्यान्टबरीको वाइमेटमा होटल व्यवसाय गरेर बस्दै आएका गुल्मीका तेज नारायण काफ्लेसहित उनकी पत्नी र छोराको मृत्युको हो ।

गुल्मी वामी ३ काफ्लटोला बस्ने ४९ बर्षिय प्रेम नारायण काफ्ले उहाँकी ३८ बर्षिय श्रीमती टिका काफ्ले तथा ९ बर्षिय छोरा प्रेम काफ्लेको आगलागीमा परी मृत्यु भएको हो ।

न्युजिल्याण्डमा रेष्टुरेन्ट ब्यबसाय गर्दे आउनुभएका काफ्ले परिबारको आज विहान आगलागीमा परि निधन भएको बैकुण्ठ रायमाझीले बताए । साथै आगलागीमा परि घाइते छोरीहरु २३ बर्षिय तुलसा, १६ बर्षिय मनिषा तथा १२ बर्षिय ममता अहिले सोही ठाँउमा रहेको टिमरु हस्पिटलमा उपचार भईरहेको छ ।

बिहान अकस्मात एभरेष्ट रेष्टुरेन्टमा आगलागी हुँदा सोही घट्ना भएको हो । सोही घट्नाले वामेले जनतामा शोक छाएको छ ।