८ कार्तिक २०८३, आइतबार

एसएलसी पुरक परीक्षामा नौ नक्कली परीक्षार्थी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcजुम्ला, २० साउन । आजदेखि सुरु भएको एसएलसी पूरक परीक्षामा जुम्लाको जनता माध्यमिक विद्यालय महतगाउँ केन्द्रबाट अर्काको नामबाट परीक्षा दिँदै गरेका नौजना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेल नेतृत्वको एसएलसी परीक्षा समन्वय समितिले परीक्षार्थीको प्रवेशपत्र जाँच गर्दा नौ नक्कली परीक्षार्थी भेटिएको जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक टोपबहादुर बुढाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा आठ पुरुष र एक महिला छन् ।

समातिएका सबै परीक्षार्थीहरुलाई पुनः यस्ता गल्ती नदोहोर्‍याउन चेतावनी दिँदै सामान्य सजायस्वरुप पहिलो पटकलाई एकरात हिरासतमा राखिएको समन्वय समितिका अध्यक्ष तथा प्रजिअ पौडेलले बताउनुभयो ।

शिक्षा ऐनअनुसार अर्काको नामबाट परीक्षा दिने परीक्षार्थीलाई रु एक लाख जरिवाना र छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।