८ कार्तिक २०८३, आइतबार

घुस लिँदै गरेका नापी सर्वेक्षक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय धादिङका नापी सर्वेक्षक लेखनाथ बुर्लाकोटीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

जग्गा नापीसम्बन्धी काम मिलाइदिने भन्दै बुर्लाकोटीले सेवाग्राहीसँग रु एक लाख ५० हजार नगद लिनुका साथै एभरेष्ट बैंकको खातामा दुई लाख ३२ हजार जम्मा गर्न लगाएका थिए । बुर्लाकाटीलाई अख्तियारले हिरासतमा राखेको छ । रासस