– डम्मरराज भट्ट
महेन्द्रनगर, २० साउन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चोरी, हत्या र मानव बेचबिखनका घटनामा सलग्नहरुलाई सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरि जिल्लामा भएका चोरी, हत्या र मानव बेचबिखनका घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।
कञ्चनपुर प्रहरीले विभिन्न घटनामा संलग्नहरुलाई पक्राउ गरि प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न रहेका दोसीहरुले घटना स्वीकार गरेपछि, सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख किशोर कुमार दाहालले केही दिन पहिले महेन्द्रनगरको लोकप्रिय सुनचाँदी पसल र ईन्टरनेशनल स्कुलभित्र रहेको क्यान्टिनमा चोरी गर्ने एकै परिवारका छोरी र ज्वाँई र ससुरा भएको बताए ।
उनका अनुसार दुवै चोरीका घटनामा संलग्न भीमदत्त नगरपालिका ४ बजार सुकुम्बासी बस्तीका लक्ष्मण लुहार, उनकी छोरी शारदा लुहार र ज्वाई प्रकाश लुहारलाई सार्वजनिक गरिएको छ । यस्तै, आफ्नै नाबालक भतिजालाई बिस सेवन गराउने एक महिला पनि सार्वजनिक भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अभिनारायण काफ्लले बेल्डाँडी ९ की २० बर्षिया समिरा शाहले आफ्नै ६ महिने नाबालक भतिजा कर्म शाहलाई घरमा कोही नभएको मौका छोपी सेवन गराएको जानकारी दिए ।
घरायसी विवाद र आफ्नो छोरी र जेठानीको छोरा जन्मिएकाले आफ्ले जेठानीको छोरालाई विष खुवाएको समिराले प्रहरीको प्रारम्भिक अनुसन्धान खोलेको प्रहरी प्रवक्ता काफ्लेले बताए । उनका अनुसार बालकको उपचारपछि स्वास्थ्य अवस्था अहिले ठिक छ । यस्तै, प्रहरीले घरायसी घरजग्गा विवादका कारण आफ्नै भाउजुको कुटपिट गरि हत्या गर्ने बेलौरी नगरपालिका १० पचुईका बिर बहादुर बोट र उनकी श्रीमती उर्मिला बोटलाई समेत सार्वजनिक गरेको छ । उनीहरु दुवै श्रीमान श्रीमतीले आफ्नी ५० बर्षिया भाउजु रामबनन्दी बोटलाई साउन १५ गते.घरमै कुटपिट गरेका थिए । कुटपिटबाट घाईते रामबन्दीको मंगलबार भारतीय अस्पतालमा मृत्यु भएको डीएसपी काफ्लेले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतीय शहरमा रोजगारी दिने प्रलोभन पारी दुई काँभ्रेका दुई युवती भारत लैजाने दुई जना मानव तस्करलाई सीमा सहर खटीमाबाट पक्राउ गरेको छ । सिओभी नामक कम्पनीमा जागिर दिलाउने भन्दै भारत लगिएका ति दुई युवतीको सकुशल उद्धार गरिएको थियो ।















प्रतिक्रिया