८ कार्तिक २०८३, आइतबार

सरकार र गृहमन्त्रीविरुद्ध कडा सङ्घर्ष गर्ने एमाले सभासद्को चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logoकाठमाडौँ, २० साउन । संविधानको प्रारम्भिक मस्यौदामा आफूहरूको अधिकार कटौती गरिएको भन्दै दलित समुदायले आज बृहत ¥यालीको निकालेको छ ।

संयुक्त दलित राजनीतिक सङ्घर्ष समिति, दलित नागरिक समाज, दलित सभासद् मञ्च र दलित अधिकार सङ्घर्ष समितिले संयुक्त रूपमा आयोजना गरेको ¥याली बबरमहलबाट सुरु भएर नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

¥यालीमा मानवअधिकारकर्मी चरण प्रसाईं, शर्मिला कार्की, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, आदिवासी जनजाति नेता आङ्काजी शेर्पालगायत गैरदलित समुदायको समेत सहभागिता थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पहिलो र दोस्रो संविधानसभाले पारित गरेको दलित समुदायको अधिकारलाई गैरदलितहरूले सुनियोजित ढङ्गबाट कटौती गरेर संविधानको प्रारम्भिक मस्यौदा ल्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का नेता तथा सभासद् जीतु गौतमले शान्तिपूर्ण तरिकाले आफूहरुले राखेका माग सम्बोधन नभए पार्टीभित्र, संसद्, सडकबाट कडा सङ्घर्ष गर्ने चेतावनी दिनुभयो । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तथा सभासद् दलजीत श्रीपाइलीले दलितको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

सभासद्द्वय अनिता परियार, प्रमिला दास, महिला अधिकारकर्मी शर्मिला कार्कीले सदियौँदेखि दलित समुदायमाथि लादिएको विभेद अन्त्य गर्ने प्रतिवद्धता संविधानमै उल्लेख गरिनुपर्नेमा जोड दिनुभयो ।

संविधानको प्रारम्भिक मस्यौदा आएदेखिनै दलित समुदायले धर्ना, चक्काजाम, अन्तरक्रिया, जुलुस, ¥यालीलगायत सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । यसैबीच, लोकतन्त्रमा शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएपनि मङ्गलबार दलित समुदायमाथि प्रहरीले दमन गरेको भन्दै जागरण मिडिया सेन्टर र समता फाउन्डेसनलगायतका सङ्घसंस्थाले आपत्ति जनाएका छन् । रासस