८ कार्तिक २०८३, आइतबार

नेपालमै पहिलोपटक ‘जोखाना’ एप सार्वजनिक, अब आफ्नो भाग्य आफ्नै मोबाइलमा हेर्नुस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jokhana-App

काठमाडौं, २० साउन । नेपालका चर्चित ज्योतिष डा. सुनिलले निर्माण गरेको ‘जोखाना एप’ बुधबार सार्वजनिक भएको छ ।

बुधबार एपको सार्वजनिक गर्दै डा. सुनिलले प्राचीन भृगुतन्त्र सकुन प्रश्नावली एवं प्रश्न चिन्तामणी ग्रन्थको आधारमा तयार पारिएको जोखाना एपमा २५ वटा जिज्ञासा र त्यसको फल राखिएको बताए ।

उनका अनुसार एपमा रुद्रयामल तन्त्रमा उल्लेख भएको मुर्हत पनि समावेश गरिएको छ । एपमा आफूले चाहेको मितिको मुर्हत हेर्न सकिने छ । प्राचिन झांक्री विद्या एवं दैवी शक्तिको आधारमा भाग्य र भविश्य बताउने यस विद्यालाई वर्तमान समयमा पनि लामा, झाँक्री एवं काठमाडौै उपत्यकाका माताहरुले प्रयोगमा ल्याउने गर्दछन ।

२०७२ सालको दैनिक मासिक र बार्षिक राशीफल राखिएको एप विद्यार्थी, ब्यवसायी, कलाकार, पत्रकार सबैका लागि उपयोगी हुने उनको विश्वास छ । जोखाना एपलाई आफ्नो एनड्रोइड मोवाइलमा गुगल प्लेबाट डाउनलोड गर्न व्यवस्था रहेको छ ।