९ कार्तिक २०८३, सोमबार

मनहरीमा बस दुर्घटना, २२ जना यात्रु घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनास्थित सडकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा २२ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।

घाइतेको उद्धार गरी उपचारका निम्ति चितवन अस्पताल पठाइएको उनले बताए ।