८ कार्तिक २०८३, आइतबार

प्रेस चौतारी नेपालको आपत्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-Chautari_Nepalकाठमाडौँ, २० साउन । प्रेस चौतारी नेपालले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई बिनाकारण कामबाट निकालिएकोप्रति विरोध जनाएको छ ।

निजी क्षेत्रबाट सञ्चालन भएको माउन्टेन टेलिभिजनबाट केही सञ्चारकर्मी बर्हिगमनमा परेकाप्रति सो संस्थाले आपत्ति प्रकट गर्दै त्यहाँ कार्यरत सञ्चारकर्मीसँग छलफल गरेर उनीहरुको माग सम्बोधनका लागि व्यवस्थापकसँग आग्रह गरेको छ ।

महासचिव माधव नेपालले विज्ञप्ति जारी गरी इमेज च्यानलमा कार्यरत पत्रकार सन्दीप योगीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीबाट भएको दुव्र्यवहारको निन्दा गर्दै त्यस घटनाबाट पत्रकार योगीलाई कार्यरत संस्थाबाट हटाइको सम्बन्धमा गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।

साथै यस्ता घटनालाई राजनीतिकरण नगर्न र श्रमजीवी पत्रकारका पक्षमा एक भएर अघि बढ्न सबैमा अनुरोध गरिएको छ । रासस