२५ असार २०८३, बिहिबार

बैतडीमा जीप खस्दा चालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा शुक्रबार राति सुप्रप ०४–०११ ज ००६९ नम्बरको जीप दुर्घटना भएको हो ।

ज्यान गुमाउनेमा जीपका चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारका निम्ति डडेलधुरातर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेलामा जीपमा चालक मात्र सवार थिए । जीप सडकबाट करिब २०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।