त्यो दिन मैले चरीलाई भने, ‘त्यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हात खुट्टासम्म त भाँच्न सकिन्छ । उनीहरूले हाम्रा साथीहरूका हातखुट्ट भाँचेका छन् । टिट् फर ट्याट यसका लागि तिमीले संगठनको सहयोग लिँदा पनि हुन्छ ।’
मेरो उत्तर सकेपछि चरीले भन्यो, ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यक्ता पर्दैन, दाई । म एक्लै काफी छु ।’ त्यसपछि उ उत्साहित हुँदै गयो ।
चरी निस्किए लगत्तै मेरो मनमा आशंका जन्मियो । कतै चरीले नराम्रो केही गरेर संगठनले आजसम्म पाएको इज्जत त सखाप पारिदिने हैन ?’ मैले तत्काल ऐनजीलाई फोन गरे, ‘त्यो चरीलाई वाच गर्दैगर्नु है त्यसले नराम्रो काम गरेर पूरै संगठनका बद्नाम गर्ला नी ? फेरि ।
तर उ आफै पनि माओवादीपीडित रहेछ । अर्कोतर्फ हामीले जुन उदेश्यका साथ युथ फोर्सलाई अगाडि बढाएका थियौं, त्यसका लागि चरीहरू पनि हाम्रा सहयात्री हुनु आवश्यक थियो ।
एकाध मान्छे त्यो पृष्ठभूमिका नभएसम्म हामीलाई वाइसिएलले पेलिरहने निश्चित थियो ।
चरीलाई युथ फोर्समा ल्याउनुको अर्थ मनोवैज्ञानिक हिसावले वाइसिएललाई पछाडि धकेल्नु पनि थियो । त्यो दिन म बुटलमा थिएँ ।
एमालेको महाधिवेशन चलिरहेको थियो । साँझ मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई हामीले हान्दिँयौँ, त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ ।’
मैले कुनै पनि प्रतिक्रिया जनाउँन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी मैले सोँचेको पनि थिइन । हदैसम्म भए जोग भाईको खुट्टा काट्नेहरूको खुट्टा भाँचिदेला । सुशीलको हात काट्नेहरूको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिए ।
युथ फोर्स र युवा संघका त्यसअघिका कारबाहीहरूमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर चरीले गर्नुगरेको थियो ।
त्यसले मलाई ठूलो समस्यामा पार्यो । महाधिवेशनको तनावमाथि अनपेक्षित झमेला थपियो । चरीले पार्टी प्रवेशपूर्व गर्दिन भनेको काम गरेको थियो ।
उसले गोली चलाएको घटनालाई हामीले आफ्नो जिम्मेवारीमा लिन सक्ने समय पनि थिएन त्यो । कुनै पनि आपराधिक क्रियाकलापलाई हामीले राजनीतिक संरक्षण गर्नु हुँदैन भन्ने मेरो मान्यता थियो ।
त्यस्ता कामलाई राजनीतिक संरक्षण र पश्रय माओवादीले दिइरहेको थियो । हामी त्यही जुन कामको विरोधमा थियौं । त्यही काम हामीबाट हुनु हुँदैन भन्नेमा म सचेत थिएँ ।
तर नहुनु भइसकेको थियो । चिन्ता लिएर मात्र समस्या सल्टिने अवस्थामा थिएन । पाइला पाइलामा सावधानी जरुरी थियो । समयको आवश्यकता थियो त्यो ।
यो समस्यालाई सावधानीपूर्वक समाधान गर्न नसकेको युथ फोर्स झन् भुमरीमा पर्ने निश्चित थियो । ‘हत्तेरिका के गरेको त्यस्तो’, मैले चरीलाई भने । उ नाजवाफ भयो ।
घटना भइसकेपछि सायद उसको मनोबल कमजोर भएको थियो । फेरि त्यस्तो काम गर्न उ निरुत्साहित होस् । भन्नका लागि मैले उसलाई कराउनै पर्ने थियो ।
‘अहिले त्यो मान्छेको अवस्था कस्तो छ त ?’ मैले सोधे ।
‘भन्न सकिँदैन दाई’, चरीले आत्तिदै भन्यो ।
म फेरि लामो समय चुप भएँ । त्यसपछि उसलाई सल्लाह दिएँ । ‘अब चुपचाप कत्तै बस्नु केही दिन बाहिर ननिस्कनु ।’
केही दिन उ सम्भवत निस्किएन । मलाई प्रत्येक दिन फोन गरिरह्यो । तर मैले उसका अधिकांश फोन इग्नोर गरे । त्यसो नगर्दा झन् नराम्रो हुन सक्थ्यो ।
उसँग कुरा हुँदा पनि आफूलाई निकै व्यस्त छु भन्दै चुपचाप बस्न भन्ने गर्थे ।
त्यो घटनाको केही समयपछि मैले र केही साथीले चरीसँग गम्भीर कुरा गर्यौं । उसले आफू गल्ती गरेको सहजै स्वीकार्यो । त्यति हुँदा पनि उसको काम क्षम्य थिएन । माओवादीविरुद्ध आक्रमण गरेकै भए पनि किन नहोस् त्यो मेरो पनि एउटा गल्ती थियो ।
तर त्यसले वाइसिएललाई अलि साईजमा ल्याइदियो । त्यो आक्रमण नभएको भए त्यो क्षेत्रमा वाइसिएल झन् कति उद्दण्ड हुने थियो, होला ।
म कल्पानासम्म मगर्न सक्दिन त्यति घटनापछि युवा संघका साथीहरूलाई थ्रेट आउन पनि छोड्दै गयो । युथ फोर्स गठन हुँदा माओवादीले यो कुनै शक्ति होला भन्ने आँकलन गरेकै थिएन । बालाजु घटनापछि भने उ हामीबाट त्रस्त हुन थाल्यो । काठमाडौं उपत्यकामा हामीलाई त्यस्तो समस्या हुन छोड्यो ।
राजनीतिक बाटो हिँडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ । दिनहुँ प्रहरीबाट डराएर हिँड्नुपर्ने अवस्था हट्दै जान्छ । अपराधकै बाटो समाते आफैंबाट समेत भागिरहनुपर्छ । समाजले कहिल्यै माया गर्दैन । उल्टो प्रहरीको सलाम खाने दिन पनि आउनसक्छ । एक पटक मैले भने हेर भाइ हामी अहिले थप सहकार्य हुने नहुने भन्ने एउटा मोडमा आइपुगेका छौं । तँ पहलो बाटो हिँडिस् भने हाम्रो सहकार्य हुन्छ । हैन दोस्रो बाटो रोज्छस् भने सहकार्य आजकै मितिबाट टुङगिन्छ ।
त्यही समय मैले चरीलाई पनि बारम्बार सम्झाए मैले उसलाई दुटा विकल्प दिने गरेको थिएँ । त जिन्दगीको यस्तो मोडमा आइपुगेको छस् तेरो सामु दुई वटा विकल्प छन् ।
राजनीतिक बाटो हिँडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ । दिनहुँ प्रहरीबाट डराएर हिँड्नुपर्ने अवस्था हट्दै जान्छ । अपराधकै बाटो समाते आफैंबाट समेत भागिरहनुपर्छ । समाजले कहिल्यै माया गर्दैन । उल्टो प्रहरीको सलाम खाने दिन पनि आउनसक्छ ।
एक पटक मैले भने हेर भाइ हामी अहिले थप सहकार्य हुने नहुने भन्ने एउटा मोडमा आइपुगेका छौं । तँ पहलो बाटो हिँडिस् भने हाम्रो सहकार्य हुन्छ । हैन दोस्रो बाटो रोज्छस् भने सहकार्य आजकै मितिबाट टुङगिन्छ ।
चरीसँग मेरो कैयौचोटी भेट भइसकेको थियो । फोनमा कति कुरा भइसकेको थियो । तर त्यो दिन मैले उसलाई आत्मीयतापूर्वक पहिलोपटक तँ सम्बोधन गरेको थिएँ ।
यत्तिञ्जेल युथ फोर्स विघटन भइसकेको थियो । देशको राजनीतिले फेरि परिवर्तन खोजी रहेको थियो । खासमा म उसलाई डर देखाएर भए पनि सही बाटोमा ल्याउन चाहन्थे ।
युथ फोर्समा लागेकाले उ सध्रिएको हो । भन्ने सन्देश जाँदा युवा संघका लागि मात्रै हैन एमालेका लागि पनि फाइदै हुन्थ्यो । त्यो दिन मले उसलाई भनेको थिएँ, हो पहिले युथ फोर्स हुँदा केही हदसम्म तँलाई हामीले प्रयोग गरेका पनि थियौँ । त्यो त्यत्ति बेलाको आवश्यक्ता पनि थियो । तर अब त्यही कुरा दोहोरिएको छैन । तत् आफैँले निर्धारण गर्ने कुार हो यो ।
उसका दुष्कर्महरू बारम्बार दोहरिँदै थिए । विभिन्न आपराधिक कार्यमा उसको संलग्नता अपेक्षाकृत रुपमा घटेको थिएन । मैले जति सम्झाउँदा पनि उसमा खासै परिवर्तन आउन सकेको थिएन । गधालाई धोएर गाई बनाउन नसकिने निश्चित भएपछि म उसबाट टाढिँदै गए । फोन उठाउन कम गर्दै गएँ ।
त्यति हुँदा पनि आफूलाई अप्ठ्यारो पर्दा उसले मलाई फोन गर्न छोडेको थिएन । एक पटक दसैँताका उसलाई प्रहरीले गिरफ्तार गरे छ । थुनाबाटै उसले फोन गर्यो । सहयोगका लागि अनुनय विनय ग¥यो । दसैँको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलीयत दिन अनुरोध गरेँ । उसले सुध्रिन्छु भन्दै आएको थियो । प्रहरीले छाडिदियो ।
केही समयपछि एसपी रमेश खरेलसँगसल्लाह गरेरै उसलाई चार–पाँच महिना थुनामा राखियो । सुध्रिन्छकी भनेर । सुध्रिन्छ भने हिरासतमै राखेर उमाथि लागेका विभिन्न मुद्दा चलाउने सल्लाह खरेलसँग भएको थियो । उ चार महिना जेल बसेर निश्कियो । तर लागेको बानी के छुट्थ्यो ।
हाम्रा सारा योजना र कामना तुहिँदै गए । मेरो मन मर्यो । अब चाहिँ साँच्चै उसलाई बेवास्ता गर्न थाले र लामो समयसम्म उसँग मेरो कुनै सम्पर्क थिएन ।
चरी २०७१ साल साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजी रहेको छ भन्ने मलाई थाहा थियो । उसलाई पक्राउ गरियोस् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । मैले सोँचेको थिएँ । तर इन्काउन्टरमा प¥यो ।
(भरखरै प्रकाशित पुस्तक म महेशबाट)















प्रतिक्रिया