१ कार्तिक २०८३, शनिबार

नम्रताले भनिन्-‘मेरो करियरमा नाम जोडेर बदनाम गर्न खोजियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

namrata-shrestha1काठमाडौं । केही दिनयता नायिका नम्रता श्रेष्ठ र सञ्चारमन्त्री मिनेन्द्र रिजालको सम्बन्ध र राष्ट्रिय अवार्डका बारेमा सामाजिक सञ्जालमा खुबै प्रचार भयो । यति सम्मकी ‘सञ्चारमन्त्रीको यौन प्रस्ताव नमान्दा नम्रताको अवार्ड खोसियो’ भनेर प्रचार भयो ।

केही ब्लग र अनलाईनले यसलाई समाचारै बनाए । जसका कारण मन्त्री रिजाल र नायिका नम्रता तनावमा परे । मन्त्री रिजाल करिब १ हप्तादेखि तनाबमा छन् । चलचित्र विकास बोर्डले एक साता अगाडि वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’कै प्रसङ्गमा नायिका नम्रता र मन्त्री रिजाल तनावमा परेका हुन् ।

तर, त्यस्तो प्रचार बढ्न थालेपछि नायिका नम्रता श्रेष्ठ बुधबार मुख खोलेकी छिन् त्यो पनि समाजिक सञ्जाल फेसबुकमार्फत । उनले आफ्नो आधिकारिक पेजमा भनेकी छिन्-‘मेरो करियरमा दाँग लाग्ने गरी नाम जोडेर बदनाम गर्न खोजियो ।’

केही ब्लगहरूमा ट्याबलोइड शैलीका हेडलाइन्स राखेर आएका मनलाग्दी समाचारप्रति भने ध्यानाकर्षण भएको उनले बताएकी छिन् ।

नम्रताले लेखेकी छिन्-‘म कलाकार भएकोमा गर्व गर्छु । तर, यस्ता किसिमका समाचारले मेरो व्यवसाय र यो क्षेत्रप्रति नै दाँग लगाउने गरी प्रश्न उठ्छ ?’ नम्रताले पुरस्कार नपाएपछि विभिन्न ब्लगमा र अनलाइनमा मन्त्रीसँग नाम जोडेर खबर सार्वजनिक भएका थिए ।